अपडेट 
२०७९ श्रावण २७, शुक्रबार १५:३८

नेपालमा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परिक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भईसकेको छ । त्यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News