अपडेट 
२०७९ श्रावण २८, शनिबार ०९:००

कुरा यसै साताको हो । विहान करीव आठ वजेको समय थियो । दुई जना ट्राफिक प्रहरी सधैजस्तो भानुचौकमा ड्यिुटीमा तैनात भए । टक्क पोसाक लगाएका । कालो चश्मा भिरेका । दुबै खाईलाग्ने उमेरका । हेरु हेरुजस्ता युवाहरु थिए । दुबै जना भानुचौकदेखि कदमचौक जाने बाटोको बिचमा उभेर डिउटी बजाउँन थाले । यही बाटोबाट देउरी,परवाहा,महुवा,कपटौल,पौडेश्वर जस्ता ग्रामीण भेगबाट दूध तरकारी पु¥याउन किसानका छोरा छोरी नगर प्रवेश गर्छन । शिवचौक,जानकी मन्दिर जाने बाटोमा उनिहरु किन तैनात भएनन ? मेरो मनमा उब्जेको सवालको आधा जवाफ मैले पाई सके ।

गाउँबाट विहान जनकपुर आउँनेहरुमा अधिकांश हुन्छन्

–घर घरै दूध,तरकारीलगायतका दैनिक सामग्री पु¥याउन आउने किसानका छोरा छोरीहरु । तीमध्ये अधिकांश महिला र प्रौढ प्रौढा हुन्छन् । जो पैदल वा सायकलमा आउँछन् । पछिल्लो पटक दूध र तरकारीको व्यावसाय गर्ने युवकहरु मोटरसायकलमा पनि नगर प्रवेश गर्न थालेका छन् । यसका अतिरिक्त अस्पतालमा भर्ना भएका आफ् न्त भेंट्न । विरामी र कुरुवाहरुकालागी खाना पु¥याउन तथा अति आवश्यक कामपरेर पनि गाउँका मानिसहरु मोटर सायकलमा जनकपुर आउँने गर्छन । दक्षिणतर्फबाट एउटा मोटरसायकल हुंइकिएर आयो । मोटरसायकलमा दुई जना सबार थिए । युवक ड्राइभिङ सिटमा अनि पछाडि थिईन एक जना युवती । ट्राफिक पुलिस जोडले सिटी फुक्यो । मोटरसायकल रोकियो । वार्तालाप सुरु भयो – –

कहाँ हिडेको ?

– सर अस्पताल जाइ छी । माय बेमार है ।

– अनि लायसेन्स र ब्लुबुक खोई ?

– सर लायसेन्स त छ मुदा ब्लुबुक घरेपर छूटि गएको छ । धरफरमे आबि गयो सर । देख्नुस मायके पथ( विरामीले खाने ) लिएर जादै छु ।

– लायसेन्स छोडेर जानोस् । ब्लुबुक लिएर आउनोस अनि फाईन काटेर लायसेन्स फिर्ता लानोस् । ट्राफिक प्रहरी एकै स्वांसमा भनि भ्याए । युवकलाई आमाको जलखै(नास्ता) पु¥याउन ढिलो भै रहेको थियो ।

– सर गल्ती भै गयो । एकबेरके लेल माफ क’ दिनोस् । मोटरसायकलको सांचो गोजीमा राखेर दुबै ट्राफिक पुलिस अर्को सिकारको खोजीमा अलि अगाडी बढि सके । युवा–युवती आपसमा सल्लाह गर्न थाले । युवतीले आफ् ना अबूझ श्रीमानलाई सम्झाए—

– झंझटमे कैला फंसै छी । दू तीन सय द’ दियौन । अपने छोडि देत ।

– एहन महग समयमे दू तीनसयसं मानत ? पाँचसयसं कममे काम नै होत । अनि युवतीले आफ्नो पर्सबाट झिकेर पाँचसयको नोट श्रीमानलाई दिईन । युवक उक्त रुपैया मुठीमा राखेर प्रहरी नजिक पुगे । एक आपसमा मुठीको आदान–प्रदान भयो । फर्किने वेला युवकको अनुहारमा विजयी मुस्कान थियो अनि हाथमा थियो–मोटरसायकलको सांचोपनि । दुबै जना मोटरसायकलमा सबार भै अस्पतालतर्फ प्रस्थान गरे । जानेवेला अनुहारमा मुस्कान ल्याउदै ट्राफिक प्रहरीले युवकलाई सम्झाए

–अब जनकपुर आउँदा लायसेन्स र ब्लुबुक बोकेर आउँनु है…

मलाई ती युवतीको तिक्ष्ण बुद्धीलाई सलाम गर्न मन लाग्यो अनि मुस्कानसहितको सेवा को अन्तर्यपनि बुझियो । मध्यान्हदेखि वेलुकासम्म सीता चौकमा गजबको मेला लाग्ने गर्छ । जिप,कार,बस,तीन प्यांग्रे टेम्पोको रेलमपेल हुन्छ । रेल लिकमा थरि थरिका माछाको पसल थापिन्छ । मानिस र छाडा गाई गोरुमा को पहिला रेल लिक पार गर्ने भन्नेमा प्रतिष्पर्धा जस्तै हुन्छ । नवजात बाछा बाछीसहित सडकको बिचमै उभिएका सहरिया मवेशी बहिरो हुन्छन क्यार ? सवारीसाधनको हर्न नसुनेर त बाटोबाट नहटेको होला । ट्राफिक अस्त व्यस्तताको कारण आमजन सास्तीमा रहेको वेला प्रायः ट्राफिक प्रहरी चौकमा हुदैनन् । यदि उपस्थिती छन भन्नेपनि सीता चौक भन्दा पचास मिटर पूर्व बघचौडा,हंसपुर,कठपुल्ला, भगवानपट्टी,मनहरपुर,तेतरिया लगायतका गाउँतर्फ जाने बाटोमा उभिएका हुन्छन् । कारण चौक चौराहाहरुमा सुकिला मुकिलाहरुको संख्या अधिक हुन्छन् । उनिहरुलाई मुस्कानसहितको सेवा दिन गाह्रो हुन्छ । उनिहरु तर्क बितर्क गर्न खप्पीस हुन्छन् । सोर्स फोर्सवालापनि हुन्छन् । ग्रामीण इलाकाबाट आएका सीधा सवारी चालकहरुलाई मुस्कानसहितको सेवा दिन सजिलो हुन्छ । मैथिलीमा एउटा उखान छ– ‘रजविद्यासं चोरविद्या नम्हर ’ अर्थात् चोर, पुलिसभन्दा होसियार हुन्छन् । लायसेन्स र ब्लुबुक नभएका केहि युवकहरु मुस्कानसहितका सेवा दिनेहरुलाईपनि कहिले कांही ठेंङा देखाउदा रैछन् । सीताचौकस्थित पान पसलमा एकजना नवयुवक चौकभन्दा पूर्व मुस्कानसहितको सेवा दिदै गरेका ट्राफिक पुलिसतर्फ इंगित गर्दै आफ् नो विरता बखान गरे

– ‘ तूं डाल डाल मै पात पात……।’ मिठापत्ता थ्रीजिरो पान चपाउँदै तिन जना मोटरसायकलमा सबार भए । अनि उत्तरतर्फबाट जाने वैकल्पिक बाटोमा अगाडी हुंइकिए । हेलमेट समेत नलगाएका मोटरसायकल चालक जाँदा जाँदै भन्दै थिए – तोरा पाँचसय देबौ , से ओहि ढौवामे कनिमनि फेंटिक’ बियर कैला नै पी लेब ।’ मलाई यी युवकहरुको मनोविज्ञान बुझेर भन्न मन लाग्यो– भाई ! हेलमेट लगाउनु आफ्नै लागी हो । लायसेन्स र ब्लुबुक बोक्नु हाम्रो कर्तव्य हो । तिमीहरुको यही चाला रहि रह्यो भन्ने एकन एक दिन ट्राफिक पुलिसमा र अस्पतालमा तिमीहरुले मुस्कानसहितको सेवा अवश्य पाउँने छौ ।

Comment


Related News

Latest News

Trending News