२०७९ श्रावण २८, शनिबार ०९:०४
जनकपुरधाम । दुबै सदनबाट पास भएको नागरिकता विधेयक अबिलम्ब प्रमाणीकरण गर्न नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।
पार्टीको प्रदेश कार्यालय जनकपुरधाममा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणीकरण गर्न आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन्। यस्तै समितिले मधेश प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

