२०७९ श्रावण २९, आईतवार ०७:२५

मधेश प्रदेश सरकारद्वारा घोषणा गरिएको आन्दोलनलाई तराई मधेश लोकतान्त्रिक पार्टीले नौटंकीको संज्ञा दिएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले प्रदेश सरकारले आइतबारदेखि गर्न लागेको आन्दोलनलाई ड्रामाको संज्ञा दिएका छन् । उनले शनिबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी समायोजन हुनुपर्दछ । तर, मधेश प्रदेश सरकारद्वारा आन्दोलनको नौटंकी हद पारीको ड्रामा नै हो ।’ प्रदेशमा र संघमा पनि गठबन्धनको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीहरू सहभागी रहेको अवस्थामा देखावटी विरोध राजनीतिक लाज उदाङ्गिएको नौटंकी रहेको उनले उल्लेख गरेका छन् । ‘मधेशको जागरुकता हदै तल रहेको ठानेर छारो हाल्न त होला नि !’, उनले फेसबुकमा लेखेका छन् ।

 

Comment

Related News

Latest News

Trending News