निहारिका सिंहको विषयमा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईमाथि छानबिन सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिकाको विषयमा जानकारी लिन शनिवार शितल निवासमा बोलाएका कानुनमन्त्री गोविन्द प्रसाद शर्माले न्यायाधीश भट्टराईमाथि अनुसन्धान भइरहेको जानकारी गराएका थिए । न्यायाधीश भट्टराईमाथि न्याय परिषद्ले छानबिन सुरु गरेको उनले राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । २०७६ कात्तिक ६ गते जबर्जस्ती करणी गरिएको उनको जिकिर छ । शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर आफूलाई करणी गरेको उनको दाबी छ । उनका २१ महिनाका छोरा पनि छन् । २०७६ फागुनमा बलात्कार गरेको मुद्दा दर्ता हुनुअघि निहारिकाले श्रीमान–श्रीमतीको सम्बन्ध कायम गर्न र हक अधिकारको माग गर्दै प्रहरीलाई निवेदन दिएकी थिइन् । सोही निवेदनलाई आधार मान्दै जिल्ला अदालत धनुषाले जबर्जस्ती करणी गरेको पुष्टि नहुने फैसला गरेको थियो ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=KDqAg-j0vPw


