२०७९ श्रावण ३०, सोमबार ०७:१८

जीतपुरसिमरा उपमहानगरपालिकामा अस्पताल बनाउँने गृह कार्य अघि बढेको छ ।

सिमरा प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गरी अस्पताल सञ्चालनको तयारीमा जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल जुटेका छन् । आप्mनो यो बर्षको पहिलो प्राथमिकता प्राथमिक स्वास्थ्य केन्द्र सिमराको स्तर वृद्धि गरी अस्पतालमा परिणत गर्ने रहेको नगर प्रमुख पौडेलले जानकारी दिए। उनले यथा शीघ्र चाडो सम्पन्न गर्ने उद्देश्यले उपमहानगरपालिका लागेको बताए । उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९।८० को नगर सभाबाट पारित भएको नीति तथा कार्यक्रममै १५ शैयाको अस्पताल निर्माण गर्ने कुरा उल्लेख गरिएको थियो । उपमहानगरको स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रबि भाष्करले सिमरा प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गरी १५ शैयाको अस्पतालमा परिणत गर्ने लक्ष्यको साथ गृहकार्य भइरहेको बताए । उपलब्ध भवन र जग्गालाई अधिकत्तम प्रयोग गर्ने उनले बताए ।

आफूहरुको लक्ष्य १५ शैयाको अस्पताल बनाउँने हो तर स्वास्थ्य विभागले तोकेको मापदण्डले भित्र उक्त स्थानमा कति शैयाको अस्पताल बन्न सक्छ त्यति शैयाको अस्पताल बनाउँन आफुहरु सक्षम रहेको बताए । अधुरो भवन निर्माण गरेर असोज महिना भित्रै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी चौबिसै घण्टा सञ्चालन गर्ने तयारी उपमहानगरपालिकाको रहेको छ । अस्पतालकोलागि चाहिने प्राविधिक जनशक्ति र उपकरणका लागि चाडै नै बैठक बसी सूचना निकालिने स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News