२०७९ श्रावण ३०, सोमबार ०७:२३

लैंगिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक सहभागिता तथा निर्णय प्रक्रियामा मेयर र अध्यक्षहरुको भूमिका सम्वन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरुडामा आइतवार सम्पन्न भएको छ ।

राजनितिक, सामाजिक, आर्थिक रुपमा कमजोर तथा पूर्ण सहभागिताबाट बञ्चित भएकी महिलाहरुको पूर्ण समानुपातिक सहभागिता गराई विद्यमान रहेका लैंगिक विभेदलाई हटाउने उद्देश्यले शी लीडर्स कार्यक्रम अन्तर्गत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गढ़ीमाई नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । मांडवी रौतहटको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले महिला प्रति हुने विभेदलाई अन्त्य गर्नु पर्ने जोड़ दिए । उनले लैंगिक समानता कायम गर्नका लागि सवै ले आ आफ्m्नो तरर्फबाट सकारात्मक पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । निर्वाचित महिलाहरुलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउँदै अघि बढ्ने प्रतिवद्धता जनाउँदै सम्वन्धित वड़ा अध्यक्षहरुलाई महिला सदस्यहरुलाई जिम्मेवारी बहन गर्ने अवसर दिनुपर्ने समेत निर्देशन दिए ।

नगर उपप्रमुख , वड़ा अध्यक्ष , कार्य पालिका सदस्य, महिला सदस्य सहभागी भएको अन्तरक्रिया कार्यक्रममा नेक महमद हुसैनले प्रशिक्षण दिएको कार्यक्रम अनुगमन अधिकृत रिंकू चौधरीले जानकारी दिए । महिलाहरुले निर्वाचित पुरुष जनप्रतिनिधिहरुले आफूलाई निर्णय प्रक्रियाबाट बञ्चित गराउँदै आएको गुनासो पोखेका थिए ।

Comment


Related News

Latest News

Trending News