२०७९ श्रावण ३१, मंगलवार ०६:२८

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर आफैमाथि अविश्वासको बातावरण सृजना गरेको बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित पिछडा वर्ग महासंघको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली सरकारले यही व्यहोराको अध्यादेश ल्याउदा तत्कालै प्रमाणीकरण गरेको राष्ट्रपतिले संसदबाट पास विधेयक फिर्ता गर्नुले उहाँ मुलुकको राष्ट्रपति हो की एमालेको कार्यकर्ता भनि अविश्वासको बातावरण बनेको बताए । उनले भने–‘ यस्तै व्यहोराको अध्यादेश ओली सरकारले ल्याउदा के विना पढि कनै प्रमाणीकरण गर्नु भएको थियो । होइन भने उनको यस कदमले उनी माथि नै प्रश्न उब्जाएको छ । उनले राष्ट्रपतिको रुपमा नभइ एमालेको कार्यकर्ताको रुपमा फिर्ता पठाउनु भएको हो जस्तो आम नागरिकले बुझेका छन ।’ एमालेका नेता कार्यकर्ताको प्रभावमा परेकी राष्ट्रपति सम्पूर्ण देशवासीको हो कि एमालेको हो बुझ्न गाह्रो भएको भन्दै अध्यक्ष यादवले राष्ट्रपतिमा निर्वाचित भएदेखीनै एमालेको इसारामा काम गर्ने भएकाले सम्पूर्ण देशवासीको राष्ट्रपति नरहेको भन्दै आलोचना समेत गरेका थिए । नागरिकता विहिनी नेपाली नागरिकका लाखौ सन्तानहरुलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले ल्याइएको विधेयक फिर्ता हुनुले मुलुकमा ठुलो षडयन्त्रको गन्ध आउन थालेको उनले टिप्पणी गरेका थिए ।

राष्ट्रपतिले फिर्ता पठाउदै विधेयक निष्कृय नहुने दावी गर्दै अध्यक्ष यादवले चाडै पुनः प्रतिनिधिसभा र राष्ट्रिय सभा बाट पारित गरेर पुनः विधेयक पठाउने प्रतिबद्धता समेत जनाए । सदनमा एमाले बाहेक अन्य दलले सर्वसम्मतवाट नागरिकता विधेयक बहुमतले पारित गरेको र त्यसलाई एमालेको इसारामा प्रमाणीकरण नगर्नु दुःखद रहेको उनको भनाई थियो । कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित नगरिने भनि संविधानले नै सुनिश्चित गरी सकेकोले नेपाली नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गर्ने प्रपञ्च गरिए जसपा सडक र सदन दुबै ठाँउमा आन्दोनलको आँधी बहेरी ल्याउने चेतावनी समेत दिए ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News