२०७९ श्रावण ३१, मंगलवार १४:५०

सत्ता गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको छ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो।

नागरिकता विधेयक मंगलबारको संसद बैठकमा पेश भइसकेको छ। संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको एक नेताले बताए।

दोस्रो पटक शीतल निवास पठाएको विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन पाउने छैनन्। संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ।

Comment


Related News

Latest News

Trending News