अपडेट 
२०७९ श्रावण ३१, मंगलवार १६:०९

भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको हो ।

नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको आएको जनाएको छ । साथै निगमका अनुसार हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले घटेको छ ।

बजारमा अहिले उपभोक्ताले पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ तिर्दै आएका छन् । भारतबाट मूल्य घटेर आउँदा पनि निगमलाई घाटा रहेको छ । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने आयल निगमले जनाएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News