![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ७ सय र चाँदीको मूल्य १२ सय १० रुपैयाँ प्रतितोला कायम छ ।
मंगलबार ९६ हजार ७ सय रुपैयाँमा छापावाल, ९६ हजार २ सय रुपैयाँमा तेजावी र एक हजार २ सय २० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।