ठेक्का नै नलागेको पट्के सवारी कर ठेकेदारले उठाइरहे पनि जीतपुरसिमरा उपमहानगरपालिका मौन बसेको छ ।
ठेकेदार एच एण्ड जे ट्रेडर्स वीरगंज २१ को बिलबाट जनही २ सय रुपैया उठाईदै आएको छ । भारतबाट सामान लिएर आएका एक भारतीय गाडी ध्द्यण्ठप्ण्ज्ञढज्ञ नम्बरको चालक उमा सिँहले ठेकेदारले परवानीपुर ,ज्योतीफार्म नजिकको सड्कखण्डबाट आफूसँग २ सय रुपैयाको रसिद काटेको बताए ।जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरपालिका क्षेत्रभित्र उत्पत्ति ,संकलन ,तथा व्यवसायिक उपयोग र कारोबार हुने जडिबुटी ,कबाडी तथा जीवजन्तु कर उठाउनकोलागि ठेकेदार एच.एण्ड जे ट्रेडर्स वीरगंज २१ लाई जिम्मा दिएको छ । तर उक्त ठेक्का कम्पनीले नियम विपरीत पट्के सवारी कर उठाईरह्दा पनि उपमहानगरपालिका देखेर पनि नदेखेझै गरिरहेको स्थानीयको आरोप छ । जीत पुरसिमरा उपमहानगरपालिकाको राजश्व शाखा अधिकृत राम शर्माले पट्के सवारी करको ठेक्का नलागेको जानकारी दिए । उनले ठेक्काकोलागि सात दिने सूचना आह्वान भएको तर ठेक्का नलागि सकेको अवस्था रहेको बताए ।
एच एण्ड जे ट्रेडर्स वीरगंज २१ लाई पट्के सवारी कर असुल्ने जिम्मा नदिएको उनले बताए । यदि त्यस्तो कर ठेकेदारले असुली रहेको छ भने त्यो कानून विपरीत हो राजश्व शाखा अधिकृत शर्माले जानकारी दिए । आफूहरुलाई एच एण्ड जे ट्रेडर्सले उठाईरहेको पट्के सवारी करको विषयमा जानकारी नभएको बताए ।

