२०७९ भाद्र ४, शनिबार ०७:४२

भगवान श्री कृष्णको जन्मोत्सवको अवसर पारेर जन्माष्टमी कै दिन सप्तरीमा २÷२ वटा राधा कृष्ण मन्दिरको उद्घाटन गरिएको छ ।

मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले शुक्रवार छुट्टा छुट्टै समाहरोका बीच हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनीया र सोही नगरपालिकाको वडा १४ रम्पुरा मल्हनियामा नवनिर्मित राधा कृष्ण मन्दिरमा पूजापाठ गरी उद्घाटन गरेका हुन । जोगिनीया स्थित राधा कृष्ण मन्दिरमा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले ४० लाखको लगानी गरेको छ । यस्तै रम्पुरा मल्हनिया स्थित राधा कृष्ण मन्दिरमा मन्त्री साहको संसदीय विकास कोष तथा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा ४५ लाखको लगानी गरेको छ । धर्मको संरक्षण तथा धार्मिक पर्यटकिय स्थलको विकास र विस्तार गर्ने उद्देश्यले उक्त दुबै मन्दिर निर्माण गरिएको मन्त्री साहले सो अवसरमा बताए ।

 

Comment


Related News

Latest News

Trending News