२०७९ भाद्र ५, आईतवार ०७:३८
नारी शक्ति विकास मञ्चले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
तीज दर खान र संगीतको मनोरञ्जन लिन तीज विशेष कार्यक्रमको आयोजना गरिएको नारी शक्ति विकास मञ्चकी बरिष्ठ उपाध्यक्ष दुर्गा रिजालले जानकारी दिइन् । नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभासद शाोभा लामा, समाजसेवी निरु रायमाझी, राधा साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लोक दोहोरी गायक प्रदीप त्रिपाठीको जोड् दार प्रस्तुति रहेको थियो । जीतपुर सिमरा क्षेत्रका महिलाहरुले तीजको रमाइलो गरेकी थिइन् ।

