पानी तान्ने विद्युतीय मोटर जडान गरिएको ट्युवेलमा नुहाउँदै गरेको अवस्थामा शनिबार करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका ११ लालपुरकी १६ वर्षीया कमलाकुमारी रामको करेन्ट लागेर ज्यान गएको हो ।
नुहाउने क्रममा अचानक मोटरमा प्रवाह भएको करेन्टको झट्का लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई पु¥याएको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै सप्तरीमा गर्मी छल्न घर घरमा विद्युतीय पंखाको प्रयोग र गाउँघरमा पोखरीमा नुहाउने क्रम अत्याधिक बढेको छ । अघिल्लो दिन शुक्रबार पनि गर्मी छल्न प्रयोग गरिएको टेबल पंखाबाट करेन्ट लागेर बोदेबरसाइन नगरपालिका ३ का १८ वर्षिय रामनरेश यादवको मृत्यु भएको थियो । विद्युतीय उपकरणको प्रयोग सावधानीपूर्वक नगर्दा गत आ.ब. २०७८÷७९ मा जिल्लामा १२ जनाको ज्यान गएको थियो । चालु आ.ब.को एक महिना ४ दिनमै करेन्ट लागेर ६ जनाले ज्यान गुमाइसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw

