लक्ष्मीनिया टोलबाट बी आर २७ आर २३०४ नम्बरको २२० सीसी पल्सर मोटर साइकल सहित स्थानीय यमुनामाई गाउ पालिका ३ निवासी ३० वर्षीय मोहमद सनाउल्लाह , परोहा नगरपालिका ५ बसन्तपटी स्थित सड़क बाट बीआर ०५ एडि ०६१४ नम्बर भएको २२० सीसी पल्सर सहित मौलपुर नगरपालिका वड़ा बम्बर १ बस्ने २५ बर्षीय सुनील जायसवाल र गरुडा नगरपालिका वड़ा नम्बर ४ पानी टंकी सड़क खण्डबाट प्र ३–०२–१३ प –३०९९ नम्बरको २२० सीसी को पल्सर मोटर साइकल सहित गढ़ीमाई नगर पालिका वड़ा नम्बर ९ बस्ने होस नारायण यादवलाइ प्रहरीले पक्राउ गरेको हो । रौतहट जिल्लामा विगत दिनमा बढेको मोटर साइकल चोरीलाई नियन्त्रण गर्नका लागि रौतहट प्रहरीले शुरू गरेको चोरी नियन्त्रण गर्ने अभियान अन्तर्गत मोटर साइकल चोर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव सुनील मल्लले जानकारी दिएका छन ।

