२०७९ भाद्र ६, सोमबार ०७:५०

संघीय कृषि तथा पशुपंछी विकास मन्त्री मृगेन्द्र कुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा कृषि यन्त्र परीक्षण तथा अनुसंधान केन्द्रको उद्घाटन गरेका छन् ।

कृषि पेशालाई आधुनिकीकरण गरी व्यवसायिक एवम् प्रतिस्पर्धात्मक बनाउन कृषिमा यान्त्रिकरण गर्न आवश्यक देखिएकोले नेपाल सरकार,नेपाल कृषि अनुसंधान परिषद्को ५८ औं बैठकको निर्णय अनुसार स्थापित नेपाल कृषि अनुसंधान परिषद् अन्तर्गत मधेश प्रदेशको सर्लाहीको नवलपुरमा स्थापना गरिएको छ । कृषि यान्त्रिकरण प्रवद्र्धन नीति २०७१“ नेपाल सरकारबाट स्वीकृत भई लागु भइसकेको अवस्थामा कृषि यान्त्रिकरणको व्यवस्थित र उपयोगी प्रयोग गरी उत्पादन बढाई किसानको जीवनस्तर सुधार्न र गुणस्तरीय कृषि यन्त्र नेपाली किसानसम्म पुर्याउने उद्देश्यले उक्त अनुसंधान केन्द्रको स्थापना गरिएको केन्द्रले बताए ।

Comment

Related News

Latest News

Trending News