अपडेट 
२०७९ भाद्र १०, शुक्रबार ०७:३२

लामो समय देखि बिद्युतीकरण हुन नसकेको बाराको टाँगियाबस्तीमा विधुत मिटर जडान गर्ने प्रक्रिया सुरु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ स्थित टांगियावस्तीमा विधुत मिटर जडान गर्ने प्रक्रिया नेपाल बिद्युत प्राधिकरण सिमरा बितरण केन्द्रले सुरु गरेको हो । सिमरा वितरण केन्द्रले राष्ट्रिय गौरवको आयोजनाका कारण लामो समयदेखि न्युनतम आवश्यकताका पूर्वाधारबाट समेत बञ्चित टांगियाबस्तीमा मिटर जडान गर्न लागिएको हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण टांगियाबस्तीमा विधुतिकरण हुन सकेको थिएन् । पहिलो चरणमा विधुतिकरण गर्ने काम सम्पन्न गरेको केन्द्रले अब मिटर जडानको प्रक्रिया सुरु गरेको छ । मिटर जडानका लागि एक सय रुपैया तिरेर सिमरा र निजगढमध्ये एक ठाँउमा आवेदन दिन सकिने सिमरा वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ । विमानस्थल निर्माणको काम सुरु नहुँदासम्म टांगियाका स्थानीयलाई विधुत सेवा उपलब्ध गराउनका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको पहलमा विधुतिकरण भएको हो । विधुतिकरण सुरु हुनुअघि उर्जामन्त्री पम्फा भुषाल, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले टोलीले टांगियाको निरिक्षण गरेको थियो ।

Comment


Related News

Latest News

Trending News