अपडेट 
२०७९ भाद्र १०, शुक्रबार १८:२५

प्रख्यात स्पेयरपार्टसको ब्राण्ड एमजी अटो नेपालको सभिर्स र स्पेयर अब जनकपुरधाममै पाउने भएको छ ।

जनकपुरधामस्थित भ्रमरपुरा चोकमा मो. खुरसेद राईनले मोटर पार्टसको जगतमा प्रख्यात ब्राण्डको रुपमा स्थापित एमजी अटो नेपालको सर्भिस र स्पेयरको खुद्रा तथा थोक विक्रेता बनेका छन । शुक्रबार सर्भिस सेन्टरको उद्धघाटन नेपाली कांग्रेसका वरिष्ट नेता चन्द्र मोहन यादवले गरेका छन । उद्धघाटन समारोहमा नेता यादवले ब्रान्च म्यानेजर मो. राईनलाई शुभकामना दिनुको साथै एमजी ब्राण्ड जनकपुरधाममा भित्र्याएकोमा धन्यवाद व्यक्त गरेका थिय । उनले अब यस क्षेत्रका ग्राहकहरुलाई मोटरसाईकलको गुण्स्तरीय स्पेयर पार्टस खरिद गर्न भारत जानु पर्ने बाध्यता हट्ने र कम मुल्यमा जनकपुरधाममै एमजी अटो नेपालले स्पेयर पार्टसहरु उपलब्ध गराउनेमा खुसी व्यक्त गर्नुभयो ।

एमजी स्पेयर अन्तर्गत होण्डा, केटिएम, बजाज, सुजुकी, हिरो, टिभिएस, यामाहा, बेनीलि, रोयल ईन्फिल्ड जस्ता कम्पनीका ओरिजिनल स्पेयर पार्टसहरु उपल्बध गराउँदै आएको छ । उक्त ब्राण्डका स्पेयर पार्टसहरु गुणस्तरीय र टिकाउ हुनुको साथै सस्तो पनि हुने मो. राईनले बताए ।

जनकपुरधाममा पहिलो पटक उक्त ब्राण्डको सेवा सुविधा सुरु भएको उपलक्ष्यमा एक महिनासम्म जुन सुकै मोटरसाईकलको फ्रि सर्भिसिङ गरिने अफर दिएको छ ।

Comment


Related News

Latest News

Trending News