अपडेट 
२०७९ भाद्र ११, शनिबार ०८:२१

मनसुन फेरि सक्रिय भएको छ । अबको एक/दुई नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बदली र वर्षाको सम्भावना रहेकाले आज बाबुको मुख हेर्न आवतजावत गर्नेहरुलाई छाता तथा बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् । अहिले लुम्बिनी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेर केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशका थोरै ठाउँ तथा प्रदेश-१ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बेलुका काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय हुने र पानी पर्ने भएकाले केहीदिनदेखि बढेको गर्मी घट्नेछ । कतै एकैछिन घाम लाग्ने अनि त्यसपछि बादल लाग्ने र पानी पर्नेक्रम भइरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आजराति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा आजराति मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=27KHrXfgOBA

Comment


Related News

Latest News

Trending News