अपडेट 
२०७९ भाद्र १२, आईतवार ०८:३८

धनुषा प्रहरीले ८० हजारको अवैध मदिरा बरामद गरेको छ ।

जनकनन्दनी गाउँपालिका १ इनर्वाबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । ८० कार्टुन कस्तुरी र ८० कार्टुन माम श्री लेखिएको मदिरा बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मदिराका कार्टुन प्लास्टिकले छोपेर मानिसहरु टाउकोमा राखेर भारततर्फ लैजादै गरेका थिए । प्रहरीलाई देख्नसाथ मदिरा वेवारिसे अवस्थामा छोडेर भागेको थियो । त्यसपछि प्रहरीले स्थानीयको रोहबरमा मदिरा लिइ जनकपुर भन्सार कार्यालयमा पठाएका छन् । प्रहरीले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गरेपनि तस्करहरुलाई कारवाही गर्न सकेका छैन् । सामान बरामद भएपछि अनुसन्धानबाट तस्करलाई कारवाही नहुँदा तस्करको मनोबल बढेको पाइएको छ । तस्करहरु प्रहरीको आँखा छलेर स्थानीयको सहयोगमा राती अवैध समान ओसार पसार गर्ने गरेको छ ।

Comment


Related News

Latest News

Trending News