अपडेट 
२०७९ भाद्र १२, आईतवार ११:५८

शिक्षकहरुले आफ्नो माग पुरा नगरेको भन्दै आज भदौ १२ गते देखि १८ गतेसम्म देशैभरिका समुदायिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले निरन्तर गर्दै आएको आन्दोलनको क्रममा भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरिकको समुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय बमोजिम कार्यन्वयनको लागि पत्राचार गरिएको हो ।

समितिले विद्यालय कर्मचारीहरुको सेवा सुविधाको माग गर्दै सरकार विरुद्ध निरन्तर आन्दोलन गर्दै आएकोमा आजदेखि १८ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको हो । उनीहरुले भदौ १ गतेदेखि नै निरन्तर आन्दोलन गर्दै आएको छ ।

समितिका महासचिव शान्तीनाथ योगीले एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म पनि सरकारले आफूहरुको मागप्रति कुनै चासो नलिएको भन्दै पूर्व निर्धारित कार्यक्रम अनुसार आईतबारदेखि शुक्रबारसम्म विद्यालय बन्दको आह्वान गरिएको हो ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News