अपडेट 
२०७९ भाद्र १५, बुधबार ०७:०७

केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला जितेकाे छ । पाँचाैँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।

नेपालले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनायाे । केन्याका लागि नेहेमिह ओधिआम्बाेले ३७ र शेम एनगाेचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।

नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, राेहित पाैडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बाेले दुई–दुई विकेट लिए ।

यसअघि शृङ्खलामा नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे थियाे । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

Comment


Related News

Latest News

Trending News