अपडेट 
२०७९ भाद्र १५, बुधबार ०७:१५

नेपाली काँग्रेसका केन्द्रिय अनुशासन विभागका प्रमुख एवं केन्द्रिय सदस्य आनन्द ढुंगानाले जनताको अधिकारका लागि हरेक आन्दोलन र परिवर्तनको अगुवाई नेपाली काँग्रेसले नै गर्दै आएको भन्दै प्राप्त उपलब्धीको रक्षा पनि काँग्रेसले नै गर्ने बताएका छन् ।

मंगलबार सदरमुकाम राजविराजमा नेपाली काँग्रेस क्षेत्रिय समिति २ द्वारा “जनताको साथमा काँग्रेस” अभियान अन्तरगत आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । “काँग्रेसले लिएको नीति, काँग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धी तथा समसामयिक विषयमा काँग्रेसले लिएका अडान बारे जनतालाई सुसुचित गराउनु पर्छ, स्थानिय नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, प्राप्त उपलब्धीको रक्षा र मुलुकको समग्र विकास काँग्रेसले नै गर्न सक्छ भन्ने सन्देश गाउँ गाउँ पु¥याउन सबै एक ढिक्का भई लाग्नुहोस् । क्षेत्रीय सभापति महानन्द यादवले पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर एक्यबद्ध भई निर्वाचनमा गए ठूलो सफलता मिल्ने जिकिर गरे । जिल्ला उपसभापति रामकुमार यादवले हालै सम्पनन स्थानिय तहको निर्वाचनमा पाँच पालिका जितेर नेपाली काँग्रेस जिल्लामै पहिलो पार्टी बनेको बताउँदै आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन भए सीट बाँडफाँडमा काँग्रेसले सम्मानजनक सीट पाउनु पर्ने माग राखे ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा. अनिल झा, इर्साद अन्सारी, प्रदेशसभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, काँग्रेस नगरसमितिका पूर्वसभापति शम्भुलाल देव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, क्षेत्रिय सचिव विष्णुदेव यादव लगायतले पनि बोल्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News