२०७९ भाद्र १७, शुक्रबार १७:३६

२३ भदौमा राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन हुने भएको छ ।

राष्ट्रियसभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार २३ भदौमा विषयगत समितिको निर्वाचन गर्ने तय भएको राष्ट्रियसभाको सचिवालयले जनाएको छ।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए। रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन्।

५९ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि प्रत्येक २-२ वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रियसभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ ।

Comment

Related News

Latest News

Trending News