अपडेट 
२०७९ भाद्र १९, आईतवार ११:१४

आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ थियो ।

पछिल्लो समय निरन्तर घट्न लागेको सुनचाँदीको मूल्य आज भने बढेको हो । भदौ महिनाको पहिलो साता तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । त्यसयता आजसम्ममा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँ घटिसकेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय ५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेको हो । यससँगै, आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News