२०७९ भाद्र २०, सोमबार २१:११

सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भएको छ ।

बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। बैठकमा १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र मंगलबार फेरि छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिमरुप दिइने उहाले बताउनुभयो ।

कार्यदलले सिट बाँडफाँडमा सहमति जुटाएर बुधबारसम्म शीर्ष तहमा प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

Comment


Related News

Latest News

Trending News