अपडेट 
२०७९ भाद्र २१, मंगलवार ०९:४८

मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले दिवंगत बुवा र पिएको नाममा ठूलो रकम विनियोजन गरेको खुलासा भएको छ ।

नेकपा एकिकृत समाजवादीबाट मन्त्री बनेका महतोले बुवाको नाममा धर्मशाला र पिएको नाममा स्मृति पार्क तथा संग्राहालय निर्माणका लागि बजेट छुट्याएको हो ।

मन्त्री महतोले आफ्नो बुवा दशैं महतोको नाममा गृह गाउँ धनुषाको मिथिला नगरपालिका २ मा धर्मशाला निर्माण गर्न ४० लाख रुपैया विनियोजन गरेका छन् । यस्तै दिवंगत पिए राजन गोलेको नाममा स्मृति पार्कका लागि १५ लाख तथा संग्राहालयका लागि २० लाख रुपैया विनियोजन गरेको बुझिएको छ ।

विमान दुर्घटनामा गोलेको तीन महिना अगाडी मृत्यू भएको थियो । उनको गृह गाउँ मिथिला नगरपालिका ११ लोहटामा राजन गोले स्मृति पार्क र सांस्कृतिक संग्राहालय निर्माण गर्ने मन्त्री महतोको योजना छ ।

मन्त्री महतोले बुवा एउटा समाजसेवी व्यक्ति भएकाले र स्थानीयवासीको माग भएअनुसार गोलेको नाममा बजेट विनियोजन गरिएको प्रतिक्रिया दिएका छन् ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News