अपडेट 
२०७९ भाद्र २१, मंगलवार १६:४१

नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ८१ पिसिआर परिक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परिक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ४ सय ५७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News