अपडेट 
२०७९ भाद्र २२, बुधबार ०८:०३

अहिले कतिपययुवाहरुले टिकटकलाई प्रतिबन्धलगाउने मागगरिरहेका छन् । टिकटकले धेरै विकृतिल्याएको आरोप यस्ता युवाहरुको रहेको छ । कुनै एक जिल्लामामात्रहोइन, कैयौँ जिल्लामायुवाहरुले यस्तो माग गरेको समाचारहरुमाआएका छन् । टिकटकको प्रयोगको सन्दर्भमाअहिले दुई थरिकातर्कहरु आएका छन् । दुवै तर्क एक अर्कामानमिल्ने खालका छन् । स्वाभाविकपनिहो, टिकटकको पक्षमा र विपक्षमा रहेकाहरुले आ–आफ्नै किसिमले तर्क गर्न सक्छन् । टिकटकको विरोध गर्नेहरुको आरोप रहेको छ कियसले युवालाई बिगारेको छ । समयबर्बाद पारेको छ । सिर्जनात्मकक्षमतामाकमील्याएको छ । विद्यार्थीहरुले पढाइमा भन्दा बढी समय टिकटकमा दिनथालेका छन् । शिक्षाको स्तर कमजोर भएको छ । किनभने टिकटकमा नवयुवाहरु अश्लीलतायुक्त भिडियो हेर्न मन पराइरहेका छन् । अझकतिपययुवाहरु जो विद्यालयमा पढ्छन् तिनीहरु टिकटकबनाउनमाव्यस्त हुन्छन् । यस्ता विद्यार्थीहरु कक्षाकोठा, परीक्षा, शिक्षकवाविद्यार्थीको क्रियाकलापआदिलाई पनि टिकटक बनाई पोस्ट गर्ने गर्दछन् रे ।जतिसुकै नियन्त्रण गर्न खोजे पनिनवयुवाहरुमाकुनै दुव्र्यसनजस्तो टिकटक बनाउने वा हेर्ने वादुवै बानी परिसकेको छ । जस्तो सुकै महत्वपूर्ण कामभन्दा यस प्रकारको बानी परिसकेकानवयुवाहरुलाई टिकटक नै महत्वपूर्ण लाग्छ । यस्ता नवयुवाहरुमा चाँडै रिसाउने, झर्किने, भनेको नमान्ने, एक्लै कोठामा बसिरहने तथापारिवारिक–सामाजिककाममा सहयोग गर्नै नचाहने प्रवृत्तिको विकास भएको छ । अझ एक कदम अगाडि बढेर यो आरोप पनि रहेको छ कि छोरी बुहारीहरुमापनियसको बानी परिसकेको छ । जथाभावी नृत्य गर्ने र लाइकतथाकमेन्टको लागिआग्रहगर्ने कामभइरहेको देखिएको छ । यसरी नै टिकटक चलिरह्यो अर्थात टिकटकलाई समयमै रोकिएनभने आगामीदिनमाअझगम्भीर परिणाम देखिने आशंका रहेको छ ।

टिकटकका समर्थकहरुकापनिदुई किसिमकातर्कहरु रहेका छन् । पहिलो तर्क यो हो कि टिकटकले धेरैलाई मनोरञ्जन दिएको छ । मानिसलाई टाइम पास गर्ने एउटा मनोरञ्जनात्मकथलो मात्रदिएको होइनकि टिकटकले मानिसलाई व्यस्तबनाएको छ । एकै ठाउँमा बसीबसी सबै किसिमको मनोरञ्जन दिएको छ । अहिलेको समयमा टिकटकले दर्शकको रुचि र स्वभावअनुसारको सामग्री पस्केको छ । यस्ता सामग्रीले मनोरञ्जन, ज्ञान र व्यवहार सबै सिकाएको छ । मानिसमा चेतना फैलाउने कामपनि टिकटकले गरेको छ । मानिसको बुझाइको स्तरलाई पनि टिकटकले विस्तार गरेको छ । र, अझकतिपयअवस्थामा शैक्षिक सामग्रीहरु पनियसमा हेर्न पाइन्छ । यसको अर्को फाइदा यो पनिहो किकोहीएक्लै हुनपाउँदैनन्, यदि घरमाएक्लै छ भने पनि टिकटकलाई साथीबनाउन सक्छन् मानूँ साथीसित पुरै व्यस्तबन्नु परेको छ । यसमा केहीविकृति त होला तर यो दर्शकमानिर्भर हुन्छ कि कस्तो सामग्री हेर्ने हो ।

अर्को तर्क हो कि टिकटकले प्रतिभाको विस्तार, अवसर र रोजगारी दिएको छ । आजभोलि यस्ता धेरै मानिस छन् जसलाई टिकटक स्टार भनिनथालिएको छ । हो, टेलिभिजनतथासिनेमामामौकानपाउने तर यस्ता सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिभाको विस्तार तथाविस्तार गर्न पाउने अवसरले रोजगारीको सिर्जनापनि गरेको छ । अझकतिपयले के भन्दछन् भने टिकटकमा राखिएको सामग्रीको धेरै लाइकवाभ्यु भएमा यस्ता सामग्री राख्नेले प्रक्रियावा मापदन्ड पूरा गरी आयआर्जन पनिगर्दछन् । टिकटकमा भिडियो सामग्री राख्दात्यसकादर्शक जति धेरै हुन्छन्, उति धेरै लोकप्रियताहासिलत्यो भिडियो राख्नेले गर्दछन् । यो सत्य हो, आजभोलि धेरै मानिसले भिडियो वा भिडियोमा राख्ने सामग्रीअर्थात प्रतिभाको कारणले आफ्नो लोकप्रियता बढाएका छन् । पहिचानकमाएका छन्, परिचयबनाएका छन् । पहिचानले सम्मानपनिदिएको छ । यस्ता कतिपय टिकटक स्टार छन् जसलाई भेट्न वा देख्न धेरै मानिस चाहन्छन् अर्थात् फ्यानहरुले खूबप्रशंसा गर्दछन् ।

आजभोलि टिकटकमा नामकमाइसकेपछि वाप्रशंसक बटुलिइसकेपछि यस्ता स्टारहरुले स्टेज शो गरिरहेका छन् । तर हामीकहाँ स्टेज शो निकै कमहुने गरेको छ । यद्यपिविभिन्न नेताहरुको मन्तव्यवा भाषणमा, कुनै धार्मिक तथा सांस्कृतिककार्यक्रममा, मेलावाअन्यअवसरमा टिकटक कलाकारलाई बोलाउने चलनचलिसकेको छ । यसरी टिकटक कलाकार बोलाउँदातिनलाई सम्मानगरिनुका साथै तिनलाई केही रकमपनिप्राप्त हुन्छ । अलिकति परिचितकलाकारले राम्रो आम्दानीगरिरहेका छन् । एक जनापत्रकारले एक जना यस्ता स्टारलाई देखाएर बताएअनुसार महिनाको औसतमादुई लाख रुपैयासम्मकमाइरहेका छन् । विभिन्नअवसरमाआफ् नो प्रतिभावाकला देखाउने अवसर पाउँदाअबयति लिन्छु भनीजानथालेका छन् जसबाट राम्रो आयहुनथालेको छ । भीड जुटाउन चाहनेलाई पनि सजिलो माध्यमभइदिएको छ कितुलनात्मककमखर्चमा टिकटक स्टार वा टिकटकमा नवोदितकलाकार बोलाएर आफ्नो मन्तव्य सुनाउनदर्शक जुटाउन कामलागिरहेको छ । यसले कलाकारलाई समाजमा स्थापितहुन, आफ्नो परिचयबनाउनतथाआर्जनको बाटो बनाउन सजिलो भएको छ । समर्थकहरुको भनाइमाप्रतिभाको विकास, विस्तार तथा रोजगारीमा सहयोग पुगेको टिकटक समाजकालागिउपयोगीहो ।

टिकटक समाजको लागि स्वीकृतिकिविकृतिभन्ने विषयमा बहस हुन जरुरी छ । सामान्यतयानवयुवाहरुले टिकटिकको पक्षमाआफ्नो अभिमतजाहेर गर्दछन् भने पाकातथामौलिकतालाई कायम राख्नुपर्छ भन्ने मान्नेहरु टिकटकले सबै किसिमका संस्कृतिहरुमाथि हस्तक्षेप गरेको मानिरहेका छन् र विपक्षमाअभिमतजाहेर गर्दछन् । शिक्षित समुदायले त बेलाबेलामा सामाजिक सञ्जालमायतिको धेरै समय आज टिकटकले खाइदियो भनेर लेखिरहेका हुन्छन् । अझजब कुनै मानिस टिकटकको लागिआफ्नो भिडियो बनाइरहेको वाबनाउनलगाइरहेको समयमाकुनै दुर्घटना हुन्छ तब टिकटकको आलोचना धेरै हुन थाल्छ । केहीमानिसले त टिकटक बनाउँदाज्यानपनिगुमाउनु परेको छ । यद्यपि के भन्दछन् भने दुर्घटना त जुनसुकै क्षेत्रमा र जुनसुकै काममापनिहुन सक्दछ । दुर्घटना हुनपुग्नुमा टिकटकको दोष दिनु हुँदैन । अहिलेको समयमा टिकटकको लोकप्रियतानिरन्तर बढिरहेको यथार्थलाई कसैले अस्वीकार गरेर पनिहुँदैन ।

टिकटकको लोकप्रियताकिन बढेको हो त?यसको जवाफ सबैभन्दानवयुवा र नवयुवतीले दिन सक्छन् । मोबाइललाई मनोरञ्जनको साधन ठान्नेहरुलाई टिकटकको लोकप्रियताको वास्तविकताथाहाहोला । कतिपयमानिस यस्ता छन् जो खासै मिहिनेत नगरी घरमै बसीआफ्नो प्रतिभालाई देखाउन चाहन्छन्, तिनीहरुलाई पनियसको महत्वथाहाहोला । स्नातकतहमाअध्ययनगर्ने एक छात्रा (युवती) भन्दछिन् – राति सुत्ने बेलामाजुन रात टिकटक हेर्दिन, त्यस रातनिद्रा नै लाग्दैन । र, कहिलेकाहीँ रातियति धेरै टिकटक हेर्न मन लाग्छ कि सुत्नमा ढिलो भइहाल्छ र क्याम्पस आउने बेलामानिद्राखुल्दैन । यसको फलस्वरुपक्याम्पस आउनभ्याउँदैन । तिनी टिकटक बनाउँदिनन् अर्थात् अपलोड गर्दिनन् तर मन भने लाग्छ । टिकटकमा कुन कुरा बढी हेर्न मन लाग्छ भन्ने प्रश्नमातिनी भन्दछिन् – नयाँनयाँ कुरा जुन सामान्यतया हेर्न पाएको हुँदिन र कहिलेकाहीँमनोरञ्जनात्मक । यस्ता धेरै युवाको हालतयही छ । एक जनाविद्यार्थीले क्याम्पसमा पढाइ भइरहेको समयमा भिडियो लिएर त्यसको पृष्ठभूमिमा अर्कै किसिमको गीतहालेको देखिएको थियो । निकआलोचना भएपछि आफ्नो पोस्टलाई हटाए तरतीविद्यार्थीप्रतिको धारणामा नै व्यापक परिवर्तन हुनपुग्यो । अहिले टिकटक एउटा लोकप्रियमनोरञ्जनात्मकएपबन्नपुगेको छ ।
लोकप्रियमनोरञ्जनात्मकएपबन्नपुगेको छ । यसबाटप्रभावितहुने धेरै छन् । फेरि पनिप्रभावितको अर्थ सकारात्मक र नकारात्मकप्रभाव पर्ने भनिएको हो । कतिपयलाई राम्रो लाग्छ र कतिपयलाई नराम्रो लाग्छ । कतिपयले यसलाई विकृतिभनिरहेका छन् भने कतिपयले यसलाई स्वीकृतिबताइरहेका छन् । सामाजिक सञ्जालमा नै यस विषयमादुवै किसिमका टिप्पणीहरु बेला बेलामाआइरहन्छन् । यसैले अहिले समय आइसकेको छ कि सामाजिक बहस चलोस् कि टिकटकको उपयोगिता कस्तो छ । यसलाई के गर्ने ? कसरी यसको उपयोग गर्न सकिन्छ भनेर । समाजको मुख्य गरी बौद्धिक वर्गको ध्यानाकर्षण हुनुआवश्यकभइसकेको देखिन्छ ।

 

Comment


Related News

Latest News

Trending News