पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ५ मा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक विद्यालय मसिहानीले आयोजना गरेका १२ कक्षा उतीर्ण छात्र, छात्राहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेरामाबी मसिहानीका ७ जना छात्र ,छात्रा हरुलाई प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले खादा ओढाई डायरी र पेन बाट सम्मानित गरेका थिए । विद्यालयका छात्र, छात्रा हरुलाई सम्मानित गर्दै उनले भने,‘गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षा नै रहेको छ । पहिला देखि शिक्षाको अवस्था दयनीय रहेको देखिएको छ । जगरनाथपुर गाउँपालिका भरि मा ३१ वटा विद्यालय रहेको छ विद्यालयहरुमा सात चोटी अनुगमन गरिसकेको छु । आउने दिनमा जगरनाथपुर गाउँपालिकाका विधार्थी भाइबहिनीलाई आफ्नै घरमा खाना खाएर आफ्नै गाउँठाउँको विद्यालयहरुमा प्राविधिक शिक्षा लिने ब्यवस्थापन गरिने बताए।

