अपडेट 
२०७९ भाद्र २३, बिहीबार ०६:५७

केही दिन अघि कान्तिपुरले केही भद्दा नामको सूची प्रकाशन गरेको थियो । त्यसले पत्रपत्रिकामा निकै लम्बा चौडा ठाउँ लिएको थियो । यी नामहरूमा फ्याउरो वादी, सिंगाने कामी, कुत्ता वादी, कमिनी कुकुर्नी आदि यस्ता अनेकौं उदाहरण नेपालको तराई, पहाड तथा हिमालमा समेत हेर्न सकिन्छ । यस्ता नाम उच्चारणको पछाडि जातीय घृणा (हेय) लुकेको देखिन्छ । मेरो गाउँ बेलापट्टी (तत्कालिन गिद्धा गा.वि.स.का वडा नं. ९) को पूर्वीय गाउँ एकराहीमा त्यसबेला केही बंगाली भट्टाचार्यहरू बसेका थिए । उनीहरू बंगालको कलकत्ताबाट यहाँ बसाइ सडेका थिए । उनीहरु मध्ये सबैभन्दा धनी व्यक्तिको नाम रमेशचन्द्र भट्टाचार्य थियो । उहाँको जेठा छोराको अंग प्रत्यंग अपरेशन भएको कारण मुखको माथिलो ओठ काटिएको थियो । खुट्टाहरू टेढामेढा थिए । तर गाउँका मान्छे उनलाई बडो आदरले मालिकबाट नै सम्बोधन गर्ने गर्थे । ठीक त्यही एउटा खत्वेको छोरा त्यस्तै मुखको माथिल्लो ओट काटिकोमा उनलाई ‘खोनमा’ भनेर बुलाइन्थ्यो । यसरी धनी गरीबको बीचमा नामको निकै ठूलो भेद थियो । मेरो गाउँमा मात्र होइन तराईमा लगभग पूरै क्षेत्रमा यस्ता कुरूप नामले ठाउँ लिएको देखिन्छ । यस लेखका लेखक म प्रारम्भिक शिक्षा गाउँकै जनता अपर प्राइमरी स्कूल गिद्धा बेलापट्टीबाट प्राप्त गरेको थिएँ । त्यसबेला गाउँमा पढेलिखेका मानिसहरूको निकै अभाव थियो । केही सम्पन्न व्यक्तिहरूले मात्र सामान्य शिक्षा पाएका थिए र बाँकी सबै निरक्षर थिए । शिक्षा बिनाको समाज कस्तो थियो होला, सोच्नुस् त ! २००७ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात नेपालमा मूलरूपले तराई मधेसमा ठूलै संख्यामा विद्यालयहरू खुल्न थाले । यी विद्यालयहरूमा भारतीय शिक्षकहरू आएर शिक्षा बाँड्ने काम गर्न थाले । प्रजातन्त्र पश्चात नेपालमा भारतका शिक्षित व्यक्तिहरू मूलरूपले शिक्षक, प्राध्यापक, चिकित्सकको रूपमा भारी संख्यामा नेपाल पसेका थिए । यस्ता शिक्षकहरू गाउँमा बस्दा शिक्षामात्र होइन संस्कारी हुन पनि सिकाएका थिए । मलाइ आफ्नै गाउँको एउटा कटु अनुभव छ कि जेठो भाइको नाम हग्गु, उसको माहिलो भाइको नाम पदु, उसको कान्छो भाइको नाम मुसरबा थियो । गाउँका मानिसहरू त्यही नामले बोलाउँथे । उनीहरू पनि अपमानलाई आदत बनाइ सकेका थिए । गाउँमा २००८ सालमा एउटा विद्यालय खुल्यो ।

भारतबाट शिक्षकहरू झिकाइए । ती हग्गुहरू पनि विद्यालयमा भर्ना भए । शिक्षकले उनीहरूको नाम सोध्दा ती व्यक्तिहरूले पुनः त्यही नाम हग्गु, पदु तथा मुसरबा दोह¥याए । शिक्षकलाई बडो नराम्रो लाग्यो । उनीहरूले अन्तमा के परिणाम निकाले भने निरक्षरताले यस्ता नामाकरण भएको हो । यसका नाम बदलिनु पर्छ । उनी तीनै जनाको नाम रामप्रसाद, गंगाप्रसाद तथा यमुनाप्रसाद नामले पुनः नामाकरण गरिए । आजसम्म तिनीहरूको त्यही नामले सबैजना बोलाउन थाले । खस्केको सम्मान पुनः प्राप्त भयो । यस्तै एउटा अर्को उदाहरण यहाँ उल्लेख गर्न चाहन्छु । एउटा परिवारका दुई जना छोराको नाम छुतहरबा तथा मुसहरबा थियो । यस्ता नाम ठीक भएन र सोको सट्टा भुनेश्वर तथा मुनेश्वर नामाकरण गरिए । यस्ता सैकडौं उदाहरण छन् । मेरै छिमेकी गाउँहरूमा शारीरिक अपाङ्गताको नामले नामाकरण भएका सैकडौं उदाहरण रहेका छन् । एक जनाको नाइटो (ढोढी) केही सुनिएको थियो । वहाँको नाम स्थायी रूपले ढोरबा रहन गयो । यसैमा अलि सम्पन्न परिवारको मान्छेमा यस्तो छ भने त्यसलाई ढोढाइ नामबाट बोलाउँथे । यसरी समाजमा नाममा पनि सम्पन्नता र विपन्नतामा फरक देखिन्थ्यो । अर्कोतिर अपाङ्गता कै नामबाट कन्हा, बहिरा, लङ्डो, लुलबा, कन्कटा, अनरा, कुइरा, कपाल सेतो भएकोलाई भुला, नाक चेप्टोलाई नकडुवा÷नकुवा, उँचाइ केही छोटो भएकालाई बन्ठा, केही बढी उँचाइ भएकोलाई घोरटंगा÷ठडका, कपाल लामो भएकालाई झोटैला, कपाल उडेकालाई मुर्रा, कुनै कारणले ओठ काटिएकोलाई खोनमा, गालामा काटिएकोलाई गलकट्टा आदि नामले बोलाउने चलनमा रहेका छन् । यस्ता नाम सम्पन्न तथा विपन्नको भिन्नतालाई समेत प्रकट गरेका छन् । जो सम्पन्न छन् त्यसलाई यस्ता अपाङ्गता भए पनि नाम सच्याएर बोलाउने गरिन्छ । खास गरी पिछडा वर्ग, जनजाति, दलित जस्ताका संतानलाई यस्ता नामबाट सम्बोधन गरी अपमानित गर्ने गरिन्छ । अर्को शब्दमा यस्ता समूहलाई पिछडा वर्ग भनिन्छ । यसवर्गमा शिक्षाको अवस्था निकै कमजोर रहेको देखिन्छ । जहाँ जहाँ शिक्षाको प्रवेश भएका छन् त्यहाँ त्यहाँ स्वतः यस्ता कुरूप शब्दहरू बिलाउँदै गएका छन् । २००७ सालको जनआन्दोलन पश्चात शिक्षामा आएको विकसित प्रवृतिले गर्दा यस्ता दुर्नामहरू कम हुँदै आएका छन् भने जो समूह स्कूल प्रवेशबाट वंचित रहे उनीहरूमा यस्ता दुर्नाम बढी देखिन्छ । त्यस बेला नेपालमा शिक्षित व्यक्ति प्रायः शून्य थिए । यस अबधिमा भारतबाट निकै बढी संख्यामा शिक्षक, हकीम, पुजारी, बाहुन, दसौनी, देवान, साधु÷सन्त लगायत अन्य पढे लिखेका समूह नेपाल छिरेका थिए ।

उनीहरू गाउँ–गाउँमा चेतना फैलाउन सहयोग गरेका थिए । गाउँ गाउँमा स्कूल जाने बच्चाहरूको लाम देखियो । यस्ता समूहमा दुर्नाम रहेका बालबालिकाको नाम समेत परिवर्तन गर्ने काम गरेका थिए । जो समूह स्कूलभन्दा बाहिर रहे त्यस समूहमा यस्ता खराब नाम (दुर्नाम) भएका संख्या बढी रहेको देखिन्छ । विस्तारै मान्छे शिक्षित हुँदै आएका छन् । मान्छेमा चेतनाको विकास बढ्दै आएको छ । यस्ता परिवारमा आफ्ना सन्तानको नामाकरण गर्दा सुधारिएका नामहरूमध्येबाट राख्ने गरिन्छ । अहिले पनि दलित, पिछडावर्ग तथा जनजातिमा यस्ता दुर्नाम बढी हुनुका पछाडि शिक्षाबाट टाढा रहेका मूल कारणलाई लिन सकिन्छ । शिक्षाले मान्छेलाई एउटा सचेत नागरिक बनाउँछ । अस्ति भेटिएका नामहरू प्याउरो वादी, सिंगाने कामी, कुत्ता वादी, कुकुर्नी कमिनीमा नाम र थर मात्र छन् तर तिनमा नाम र जातसँगै घोर अपमान समेत भएको छ । यो एउटा हेपाहा प्रवृति हो । पहिले पहिले तल्लो स्तरका अछुत तथा जनजाति, पिछडा वर्गमा उनीहरू (गाउँका जाने सुनेकाहरू) बाट नै नाम राख्ने काम गराउँथिए । उनीहरू पनि यस्तै बेला यिनीहरूलाई नाम बिगार्ने मौका ठानी कतिको थर समेत मेटाइ जातिको नामबाट नामाकरण गरेको देखिन्छ । पछि थर थपिए पनि राम्रोसँग उल्लेख गरि दिएनन् । यस्ता सामाजिक विकृति फैलाउनेमा यस्तै समूह बढी सक्रिय देखिन्छ । नाम दुर्नाम भएको कारणले नै धेरै जसो ठाउँमा प्रतिष्ठाको सट्टा अपमान सहन बाध्यता हुन्थे । अपमान सहेर पनि सेवा गर्न पछि परेको देखिदैन्थे । भारतीय समूह जो २००७ साल पछि नेपालमा भित्रिए, उनीहरूका सम्पर्कमा आएका यस्ता नामहरूलाई सच्चाउने काम गरेको देखिन्छ । जो यस्ता व्यक्तिको सम्पर्कमा आएन उनीहरूका नाम जस्ताको तस्तै रहन गएको देखिन्छ । त्यस दिनमा नेपालमा शिक्षाको क्षेत्रमा निकै पछाडि थियो । नेपालमा शिक्षाको विकासमा भारतीय गुरुहरूको मूख्य भूमिका रहेको देखिन्छ । तराईमामात्र होइन, पहाड समेतमा प्रवेश गरेर शिक्षाको दियो बाल्न पछि हटेन । निम्न शिक्षा मात्रै होइन उच्च शिक्षामा समेत उतिकै उपस्थिति देखिन्छ । ती भारतीय शिक्षकहरू मध्ये धेरैले नेपालमा बस्न मानेनन् । त्यसमध्ये केही यही बसेर नेपालको नागरिकता समेत बनाइ स्थायी वासिन्दा भए । तिनीहरूका बाल–बच्चा समेत यहीं स्थायी रूपमा बस्न थाले । शिक्षा योजना–२०२८ लागू भएपछि तिनीहरूलाई पनि स्थान सुरक्षित राख्ने काम गरियो । पछि नेपाली शिक्षकसँगै अवकास प्राप्त हुँदा नेपाली र भारतीय शिक्षकहरूलाई समान रूपले उपादान तथा निवृतिभरणको व्यवस्था गरियो । उनीहरू आफ्नै देशमा बसेपनि महिना÷दुई महिनामा एक चोटी आइ निवृतिभरणको रकम उठाइ लग्ने काम गरेका छन् । यस्तै उच्च शिक्षामा पनि जागिरलाई सुरक्षित गरी निवृतभरण प्रदान गरिएको छ । यस्ता गलत नामले मान्छेलाई मनौवैज्ञानिक रूपमा कति प्रभाव पारि रहेछ ती उनीहरूले नै भोगी रहेका छन् । हामीहरू पनि त्यस्ता नामबाट हुने प्रभावलाई अनुभव गरिरहेका छौं । कतिका लागि यस्ता नाम मजाक हुन सक्छ । हाँसोको स्रोत बन्न सक्छ तर एउटा मान्छेले अर्को मान्छेलाई कहिले पनि गलत नामलाई लिएर जिस्कियाउने काम गर्नु हुँदैन । कतिपय यस्ता नामकै कारण गाउँ समेत छोडेर अन्य ठाउँमा बस्न गएका छन् ।

पहिले पहिले नेपालमा प्रत्येक जातिको नाम पछाडि थर होइन जातिनै जोडेर लेखिन्थ्यो । अहिले थरको विकास भएपछि नामको पछाडि थर लेख्ने चलन छ । यस्ता थर राख्ने आ–आफ्नै इच्छाले राख्ने गरिन्छ । यसबाट जातको नाम समेत गुमजात हुन गएको छ । जात जाति लेख्न कुनै आवश्यकता देखिँदैन । पिछडावर्गले पनि आफ्ना थरलाई बदलेर जथाभावी थरहरू लेख्न थालेका छन् । यस्ता थरहरू जातिसँग जोडेर निकालिन्छ । जात तथा थर मिल्नु पर्छ । त्यसैले थर बचाएर छोराछोरीलाई ढुक गर्न सकिन्छ । अहिले बाहुनको थर अछूतसम्म गइसकेको देखिन्छ । क्षेत्रीको थर जनजाति आदिवासीसम्म पुगी सकेका छन् । शहरीया केटीहरूमा विहाबारी हुँदा जात÷धर्म बिल्कुलै पत्ता लाग्दैन या पतालगाउन चाहँदैन । यसबाट जातको चिनारीमा द्विविधा थपेको देखिन्छ । यसलाई नियन्त्रण गर्दै गयो भने जातलाई जोगाउन सकिन्छ । हाम्रो देशमा जातीय, धार्मिक, सांस्कृतिक, मातृभाषाको हिसावले हाम्रो बीचमा समस्यै समस्या देखिन्छ । देशमा समानुपातिक हिसावले केहीलाई सांसद पद दिइनुपर्दछ । खास गरी हामी बिकृत नाम बारे छलफलमा व्यवस्त छौं । यसले मान्छेको तीन पुस्ते सम्म प्रभाव पारि राखेका हुन्छन् । तीन पुस्ते लेख्दा बाजे, बुवा, छोराका नाम र थर उपलब्ध भएको हुन्छ । सरकारले यस्ता नाम पत्ता लगाई विकृत नामलाई तुरून्त सच्चाउनु पर्ने देखिन्छ । विगतमा पेपर पत्रिकामा निस्किएका यस्ता कुरूप नामलाई तुरून्त सच्चाउन लगाइ एउटा संस्कारयुक्त नाम निर्माण गरी उपलब्ध गराई दिएको खण्डमा सदाका लागि उनीहरूपनि सच्चा इमान्दार नागरिकको रूपमा आफ्ना जीवन विताउन पाउने थिए । गाउँ घर यस्ता नामबाट बोलाउँदा सानातिना विद्यार्थी तथा अन्य बच्चालाई यसको प्रभाव पर्न जान्छ । नाम हेर्ने हो भने हाम्रो बेद पुराण, रामायण, महाभारत आदि ग्रन्थहरूमा एक से एक नाम रहेका छन् । त्यसबाट आ–आफ्ना छोरा छोरीको नाम लेख्दा भैहाल्छ नि त ! अहिलेसम्म यस्ताबाट त्रस खाइ रहेका मान्छेलाई सहयोग गर्नु हाम्रो धर्म पनि हो । यस्ता विकृत÷कुरूप नामबाट त्यस ठाउँको शैक्षिक तथा चेतनाको स्तर कति माथि उठेको छ सहजै अनुमान गर्न सकिन्छ । अहिलेको लोकतान्त्रिक व्यवस्थामा सबैले सबैलाई सहयोगको भावनाले अंगीकार गर्दै जानु पर्छ । स्कूलका शिक्षकहरू राजनीतिक कार्यकर्ताहरू, गाउँका जातीय अगुवाहरूका साथै अन्य समूहका मानिसहरू समेत यस्ता कुरूप नामलाई हटाउन लगाइ नयाँ नागरिकता बनाउन प्रक्रियागत रूपमा अगाडि बढाइ दिनुपर्छ । यदि हामी यस्ता सुधारबाट भाग्न खोज्छौ भने भोलीका सन्ततिहरू समेत तथानाम गाली गर्न पछि हट्दैन । हुनत निकट भविष्यमा यस्ता कुरूप नामबाट छुटकारा पाउने कुरामा यस लेखका लेखक ढुक्क छ । अब शिक्षाको स्तर दिन प्रतिदिन उठ्दै गएको हुनाले यस्ता कुरूप नामहरू स्वतः विलाउँदै गएको देखिन्छ । तर नेपालमा अहिले पनि जनसंख्याको एउटा ठूलो हिस्सा शिक्षा भन्दा टाढा रहेको देखिन्छ । ती समाजहरूमा यस्ता कुरूप नाम बढी संख्यामा देखिन्छ । सरकारी निकाय, राष्ट्रिय अन्तर्र ाष्ट्रिय गैर सरकारी संस्था, युवा समूह, राजनीतिक कार्यकर्ता, शिक्षक, विद्यार्थी लगायत विभिन्न तप्काका मानिसहरू यस्ता कुरूप नाम परिवर्तन गर्न तन मनले लाग्यौं भने निकट भविष्यमा नै सफलता हासिल गर्न सक्नेछौं । इतिश्री । लेखक एउटा सामाजिक एवं सांस्कृतिक अभियन्ता हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News