अपडेट 
२०७९ भाद्र २४, शुक्रबार ११:०९

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News