जनता समाजवादी पार्टी (जसपा)का प्रभावशाली नेता तेजनारायण यादवको निधन भएको छ । उनको आफ्नै पैतृक गाउँ महोत्तरी जिल्लाको अंनकारमा निधन भएको छ । उनलाई श्रद्धाञ्जली अर्पण गर्न सवै राजनीतिक दलका नेताहरु उनको गाउँमा पुगेका थिए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेता यादवलाई श्रद्धाञ्जली दिएका छन् । उनी मधेश र मधेशी जनताकोलागि अहोरात्र खट्ने नेताका रुपमा चिन्हिने गरेका छन् । समाजवादी चिन्तन बोकेका नेता यादवको निधनले उनको पौतृक गाउँनै शोकमा डुवेको छ । विकास संगै शिक्षा, स्वास्थ्य र रोजगारी प्रति चिन्तित रहने नेता यादवको निधन मधेशले ठूलो नोक्सानी बेहोरेको श्रद्धाञ्जली दिन पुगेका नेताहरुले बताएका छन् । श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष यादवले शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्नकालागि आग्रह गरेका थिए । उनले भने–‘स्वर्गीय नेता यादवले प्रतिपादन गरेका मधेशवादको चिन्ततन सम्पूर्ण मधेशका जनताले गर्नुपर्छ ।’ जनता, समाज र मधेशको हकहितकालागि अहोरात्र खट्ने नेता यादववाट धेरै कुरा सिक्नुपर्ने र उनको विचार हरेक मधेशका जनताले आपूmमा लागु गर्नुपर्ने तर्क गरेका थिए ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=WHox-hfu14Y

