अपडेट 
२०७९ भाद्र २६, आईतवार १०:३०

पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ ।

प्रशान्त टापुकाे देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको उल्लेख छ ।

केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि पूर्ण विवरण आउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News