अपडेट 
२०७९ भाद्र २६, आईतवार १२:०२

वीरगन्ज,भदौ २६
पहिलो हिन्दी–नेपाली द्विभाषी फिल्मको निर्माण भइरहेको छ ।उक्त दुइ भाषीय फिल्मको रूपमा बिल गरिएको प्रेम गीत तीनका कलाकारहरु प्रचारका लागी शुक्रबार भारतको कोलकाता पुगेका छन् ।

प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेका प्रेम र गीतको प्रेमकथामा आधारित एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ मा दुबै देशका सिनेमाहलहरुमा रिलिज हुँदैछ । सन्तोष सेनले निर्देशन गरेको र सुभाष काले एवम प्रशान्त गुप्ताको संयुक्त प्रयासमा निर्मीत यो चलचित्रमा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन् ।

दुइ भाषिय यो चलचित्रको कलाकारहरु शुक्रबार भारतको कोलकत्ताको भिक्टोरिया मेमोरियल पुगेर प्रोमोसन गरेका थिए ।
यो फिल्म प्रेम–गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिलेसम्म दुईवटा ब्लकबस्टर – प्रेम गीत १ र २ निर्माण गरिसकेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZPWPOg7YOrg

Comment


Related News

Latest News

Trending News