अपडेट 
२०७९ भाद्र २६, आईतवार १७:००

वीरगन्ज,२६ भदौं :
महानगरवासीको सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम संचालनमा ल्याएको छ । महानगरवासीलाई प्रारम्भीक स्वास्थ्य सेवा प्रदान गर्नको लागी वीरगन्ज महानगरपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम आइतवार देखि सुरु गरेको हो । ‘मेयर घरदैलो स्वास्थ्य कार्याक्रम’नामाकरण गरिएको उक्त स्वास्थ्य उपचार अभियानको नगर प्रमुख राजेशमान सिहले एक कार्यक्रम बिच उदघाटन गर्नु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा भएको सो कार्यक्रममा नगर प्रमुख सिहले हरियो झन्डा देखाउदै उदघाटन गर्नु भएको छ ।

पहिलो चरणमा वीरगन्ज महानगरका ग्रामीण भेगका १६ वटा वडालाइ लक्षित गरि आइतबार देखि शुरु गरिएको उक्त स्वास्थ्य घरदैलो कार्यक्रममा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जना सहित स्टार्फ नर्स ,हेल्थ असिस्टटेण्ट , अनमी गरि २५ जना स्वास्थ्यकर्मी खटाइएको कार्यक्रममा जानकारी गराइएको थियो ।

एउटा वडामा पाच दिन सम्म सन्चालन गरिने स्वास्थ्य शीवीरमा बिरामीको स्वास्थ्य जाँच गरिनुका साथै ल्याब टेष्ट ( रगत, दिशा ,पिसाब, खकार इत्यादिको जाँच ), इसिजी , भिडियो एक्सरे लगायतका निशुल्क सेवा पनि प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताउनु भयो । बिरामीको जाँच र ल्याब टेष्टसंगै औषधी पनि निशुल्क वितरण गरिएको उनको भनाइ थियो । जयसवालले भने ,‘ यो शीवीरमा बिरामीलाइ नेपाल सरकारले निशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधी बाहेक उच्च रक्त चाप, मधुुमेह र थाइराइडको औषधी पनि निशुल्क वितरण गरिरहेका छौं ।‘

आइतबार मेयर स्वास्थ्य घरदैलो कार्यक्रमकोे औपचारिक उद्घाटन गर्दै मेयर सिंहले यो कार्यक्रम यसअघि गाँउघरमा सन्चालन हुदै आएका एक दिने शीवीर भन्दा फरक र विशेष प्रकारको भएको बताउनु भयो । उनले भने ,‘ एउटा वडामा यो शीवीर ५ दिन सम्म चल्छ , डाक्टरले शुरुमा बिरामीको स्वस्थ्य जाँच गरिन्छ ,आवश्यक परे ल्याब टेष्ट पनि गरिन्छ , रोग पत्ता लगाएर औषधी दिएपछि मात्रै बिरामीलाइ घर पठाइन्छ। हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उदेश्यले आफुले यो कार्यक्रम सन्चालन गरेको उहाले बताउनु भयो ।

उनले आफनो चुनावी घोषणा पत्रमा पनि नागरिकको घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेको स्मरण गर्दै त्यहि वाचा पुरा गर्न पनि यो कार्यक्रम शुरु गरेको बताउनु भयो ।सिंहले भने ,‘ यो कार्यक्रम एउटा वडाका लागि मात्र नभइ महानगरका ३२ वटै वडामा सन्चालन गरिने छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले वीरगन्ज महानगरले सस्तो लोकप्रियताका लागि नभइ देशका अन्य ७५२ पालिकाले पनि अनुसरण गरुन् भनेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम शुरु गरेको बताए ।

लालपर्सामा आइतबार देखि शुरु स्वास्थ्य शीवीरमा सेवा लिन पुगेका वीरगन्ज ३० प्रशोतिपुरका ७३ बर्षिया बृद्ध राजेश्वर यादवले गाँउघरमै डाक्टर सहितको टोली आएर उपचार गरेकोमा खुशी व्यक्त गरे । वडा अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको शीवीरको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ ९क ० का प्रदेशसभा सदस्य जन्नत अन्सारी , जसपाका वीरगन्ज महानगरअध्यक्ष इश्वरचन्द्र यादव ,मेयर सिंहका राजनन्ीतिक सल्लाहकार उमेश सहनी , जसपा नेता प्रेमबाबु पटेल , लालपर्सा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहा लगायतको पनि सहभागीता थियो ।

Comment


Related News

Latest News

Trending News