अपडेट 
२०७९ भाद्र २६, आईतवार १७:१०

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नाे कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।

कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो ।

Comment


Related News

Latest News

Trending News