अपडेट 
२०७९ भाद्र २८, मंगलवार ११:००

बाग्मती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेश सरकारको सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले तामाङ र नेपाल भाषालाई वाग्मती प्रदेश सरकारको सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिनुभएको छ ।

प्रदेश सरकारको निर्णयसँगै अब बाग्मती प्रदेश अन्तर्गतका सरकारी निकायहरुमा तामाङ र नेपाल भाषा अनिवार्य हुने भएको छ । ती कार्यालयहरुले चिन्हपाटीमा समेत तामाङ र नेपाल भाषा प्रयोग गर्नेछन् । वाग्मती प्रदेशमा तामाङ समुदायको बाहुल्यता रहेको छ । यस्तै यस प्रदेशमा नेवार समुदायको पनि उल्लेख्य जनसंख्या रहेको छ ।

Comment


Related News

Latest News

Trending News