२०७९ भाद्र २८, मंगलवार १४:०९
धनुषाको शहिदनगर नगरपालिका ३ यदुकोहामा आज विहान एक महिलाको शव फेला परेको छ ।
यदुकोहास्थित बाँसको झाडीमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको हो । मृतक महिला स्थानीय अरुण दासकी श्रीमती बबित्या देवी रहेको प्रहरीले जनाएको छ ।
उनी सोमवार राति गाउँमै सांस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् । आज विहान उनको शव फेला परेपछि घटना शंकास्पद देखिएको छ ।
यता धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्री घटना विषयमा अनुसन्धान भइरहेको बताए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट नआएसम्म उनको मृत्यूबारे केहि भन्न सकिदैन् ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=WHox-hfu14Y

