अपडेट 
२०७९ भाद्र २९, बुधबार १२:१५

सुनको भाउ आज पनि घटेको छ । तोलामा सात सय रुपैयाँले घटेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै, केही दिनयता लगातार बढेको चाँदीको भाउ पनि आज केही घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News