२०७९ भाद्र २९, बुधबार १२:२३

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ। सर्वोच्चको न्यायाधीशमा न्यायपरिषदबाट उच्च अदालतका दुई जना मुख्य न्यायाधीश र वरिष्ठ अधिवक्ता गरी तीन जना सिफारिस भएका छन्।

उनीहरूविरूद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन भनिएको हो। सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ।

न्यायपरिषदले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ पराजुलीको नाम सिफारिस गरेर भदौ २२ गते समितिमा पठाएको थियो । सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News