पोषिलो आहारको जोहो गर्न नसक्दा कुपोषणको शिकार बन्न पुगेका शिशुहरुले पोषिलो आहार पाएका छन् ।
बाल दिवसको अवसर पारेर बुधबार कामना सेवा विकास बैंकले कुपोषणका शिकार बालबालिकालाई पोषिलो आहार वितरण गरेका छन् । गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र संचालनमा रहेको पोषण पुनस्र्थापना गृह मै पुगी शाखा प्रबन्धक सूर्य नारायण मुखिया नेतृत्वको टोलीले चामल, दालका साथै पोषिलो आहार गृहका स्वास्थ्यकर्मी इन्दिरा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको शाखा प्रबन्धक मुखियाले बताए । पौष्टिक आहारको अभावमा आमालाई दुध नपुगेर बच्चामा कुपोषण लाग्ने भएकाले आमा र शिशुको स्थास्थ्य प्रवद्र्धन गर्न सहयोग गरेको उनले बताए । कुपोषणका कारण मृत्यु दर घटाउन सबैले आ–आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने उनले धारणा राखे । कार्यक्रममा बैंकका कर्मचारी विकास चौधरी, नविन दासका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

