२०७९ भाद्र ३१, शुक्रबार ११:३२

शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News

Latest News

Trending News