अपडेट 
२०७९ भाद्र ३१, शुक्रबार १९:२९

नेपाल छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन । साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् । अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News