अपडेट 
२०७९ आश्विन १, शनिबार ०६:३९

जनकपुरधाम । जनकपुरधाममा सस्तो बजार लगाउने तयारी सुरु भएको छ ।

शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले उपसमिति गठन गरी तयारी सुरु गरेको छ । असोज १० गते घटस्थापनादेखि १७ गते सम्म गोपाल धर्मशालामा बजार लगाउने संघले निर्णय गरेको आयोजक संस्थाका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनका अनुसार शुक्रबार सस्तो बजारको व्यवस्थापनको लागि चार वटा उपसमिति गठन र सरोकारबला निकायसँग अन्तरक्रिया कार्यक्रम गरी तयारी सुरु गरिएको हो । संघले आपूर्ति व्यवस्थापन समिति, गुणस्तर तथा मूल्य निर्धारण, प्रचार प्रसार, सरसफाइ, शान्ति सुरक्षा, प्राथमिक उपचार र अनुगमन तथा सुपरीक्षण समिति गठन गरेको छ । दशैं, दीपावली तथा छठ पर्वमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्न सहितका दैनिक उपभोग्य सामानहरू विक्री गर्ने लक्ष्यसहित बजारको आयोजना हुन लागेको छ । गत वर्ष दशैँ बजारमा १ सय ६ वटा स्टल रहेका थिए । यस वर्ष पनि सोही संख्यामा स्टलहरू निर्माण गर्ने संघको तयारी छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZPWPOg7YOrg&t=3s

Comment


Related News

Latest News

Trending News