२०७९ आश्विन २, आईतवार ०७:३२

जनकपुरधाम स्थित रहेको मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले सातौ हव कन्भेन्सनको आयोजना गरेको छ ।

विद्यार्थीको व्यक्तिगत विकास तथा गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै सातौं हव कन्भेन्सन आयोजना गरिएको जनाइएको छ । जनकपुरधाम क्षेत्रका १३ वटा विद्यालयका २५० जना विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले केस स्टडी प्रस्तुतिकरण, घटनाक्रम केस स्टडी प्रस्तुति, कहानी निर्माण, सहयोगात्मक कोलाज तथा प्यानल डिस्कसन लगायतका शैक्षिक विधाहरुमा आफ्नो प्रस्तुतिमार्फत उनीहरुसँग भएका प्रतिभा आदानप्रदान गरेका छन् । क्वेस्ट नेपालका अध्यक्षसमेत रहेका ग्यालेक्सी पब्लिक स्कूल काठमाण्डुका प्रिन्सिपल सुरिना गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्वेस्ट नेपालका कार्यकारी सदस्यसमेत रहेका ब्राइट फ्यूचर स्कूल काठमाण्डुका प्रिन्सिपल मोहन कार्की, क्वेस्ट नेपालको सल्लाहकारसमेत रहेका एपेक्स स्कूल भैरहवाका प्रिन्सिपल दीपक गौतम तथा क्वेस्ट नेपालका मास्टर ट्रेनर बोजराज सुवेदीलगायतकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोनाष्टिक आवासीय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कूल, संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालय, ह्याप्पी ल्याण्ड स्कूल, श्री माध्यमिक विद्यालय, दर्शनिया स्कूल, सिन्हा पब्लिक स्कूल, मोनर्ड स्कूल, जेनिथ नेशनल एकेडमी, सर्वोदय स्कूल, ज्ञान मन्दिर स्कूल, सरस्वती स्कूल कनकपट्टी र डेफोडिल्स पब्लिक स्कूलका गरी कुल २५० जना छात्रछात्राहरु सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News