धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरु गरेका छन् ।
आइतबारदेखि पालिकाका कर्मचारीहरुले जनप्रतिनिधिविरुद्ध आन्दोलन सुरु गरेका छन् । कर्मचारीहरुले तलव भक्ता नभएको भन्दै आन्दोलनमा उत्रेका छन् । समयमा जनप्रतिनिधिहरुले माग पूरा नगरे कडा आन्दोलन गर्ने कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले साउन, भदौको तलव र चाड पर्वको भत्ता पाएका छैनन् । पालिकाको नगर परिषद् गर्न नसक्दा तलव नपाएको बुझिएको छ । पालिकामा योजना बाँडफाटमा जनप्रतिनिधिबीच सहमति नहुँदा नगरसभा हुन सकेको छैन् । अल्पमत र बहुमतको अडानका कारण नगरसभा आयोजना हुन सकेको छैन । परिषद् नहुँदा नगरपालिकाको सबै कामकाज ठप्प छ । परिषद् नहुँदा अहिले सम्म खाता संचालन हुन सकेको छैन । खाता संचालन नहुँदा अहिले इन्धन समेत उधारोमा उपलब्ध भएकोले नगर भित्रको फोहोर उठाउने देखि, एम्बुलेन्स र बारुणयन्त्र संचालनमा अवरोध उत्पन्न भइरहेको छ । आन्तरिक श्रोत बजार ठेक्का र बालुवा,गिट्टीको ठेक्का समयमा लगाउन नसक्दा पालिकालाई करिब वार्षिक ३ करोड घाटा भइरहेको मेयर सुकदेव यादवको अनुमान छ ।
‘समाजिक सुरक्षा पनि दिन सकेका छैनौं । जनप्रतिनिधहरु फजुल बखेडा खडा गरेको छ,’उनले भने,‘सामाजिक सुरक्षा भत्ताको लागि नवीकरण र नयाँ दर्ताको आवेदन लिने कार्यसमेत प्रभावित भएको छ ।’ उनका अनुसार पालिकामा १० वडा मध्ये दुई वडा सहित मेयर गरी तीन जना मात्र नेकपा एमालेबाट जीतेका छन । बाँकी सबै वडा र नगरकार्यपालिका सदस्यहरु नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरु छन् । जसले गर्दा कार्यपालिकाबाट कुनै पनि निर्णय हुन सकेको छैन ।
please subscribe our official youtube channel and support us.

