२०७९ आश्विन ३, सोमबार ०७:०६

जनता समाजवादी पार्टी( जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट लड्ने पकका भएको छ ।

समानुपातिक तर्फको सूचीमा मधेशी पुरुषतर्फ १ नम्बरमा मनिष सुमनको नाम राखिएको छ । उनी सो क्षेत्रको ‘ख’बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित भएका थिए ।क्षेत्रलाई सन्तुलन गर्न २ को ‘ख’ बाट माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री उमेश यादवका लागि छाडिएको छ । अध्यक्ष यादव सप्तरी २ बाट २०७४ सालको चुनावमा भारी मतले निर्वाचित भएका थिए । यादवले २१ हजार ६ सय २० मत ल्याइ विजयी भएका थिए ।उनका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । क्षेत्र नम्बर २ को ‘क’मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह चुनाव लड्ने छन् ।उनी सोही क्षेत्रबाट गत चुनावमा प्रदेश सभामा निर्वाचित भएका थिए । पुरुष तर्फ युवा नेता अशोक यादवको नाम दोस्रो स्थानमा राखिएको छ ।गत चुनावमा उनको नाम १ नम्बरमा रहेको थियो । महिलालाई ३३ प्रतिशत सहभागिताको कारण प्रदेश समानुपातिकमा पुरुषको नाम पर्न सकेको थिएन् । प्रतिनिधि सभाको समानुपातिकमा पुरुष तर्फको १ नम्बरमा सप्तरीका अधिवक्ता मिथिलेश सिंहको नाम राखिएको स्रोतले जनाएको छ । उनी पार्टीमा लामो समयदेखि सकृय रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले उम्मेदवारी दिने बलियो संभावना छ ।कांग्रेसले सो क्षेत्र लिने अडानमा रहे पनि गत चुनावमा जसपाले नै जितेको र मन्त्री साहको लोकप्रियता अत्याधिक रहेकाले उनलाई उम्मेदवार बनाउन जसपाका नेताहरु लागेका छन् ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निवर्तमान मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा र पूर्व मन्त्री हरिनारायण यादव मध्ये एकजना प्रतिनिधि सभा र एकजना प्रदेश सभामा उठाउने कार्यकारिणी समितिमा सहमति भएको स्रोतले जनाए । सो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर उम्मेदवारी दिने तयारीमा छन् । उनी सो क्षेत्रबाट नै चुनाव जितेका थिए ।

मधेश प्रदेशबाट जसपाले १२ जना महिलाको नाम समानुपातिक सुचीमा राखेको छ ।स्रोतहरुका अनुसार आइतवार साँझ सम्म धनुषाकी बिन्दू यादवको नाम १ नम्बरमा राखिएको छ । महिला तर्फ वर्तमान अर्थराज्यमन्त्री उषा यादव बारा जिल्लाबाट र मधेश प्रदेश समितिकी कोषाध्यक्ष रेणु यादव सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट उम्मेदवारी दिने बलियो संभावना रहेको छ । प्रत्यक्ष तर्फ लड्ने उम्मेदवारहरु मध्ये क्षेत्रमा सर्वाधिक सकृय रहेकी छन् । पाँच दलीय गठबन्धन कायमै रहने भएकाले समानुपातिक तर्फ त्यसै अनुसार पार्टीले मनोनयन दर्ता गर्ने तयारी गरेको छ ।गठबन्धनमा प्रतिनिधि सभामा सिटको तालमेलको संभावनालाई दृष्टिगत गर्दै समानुपातिक सूचीमा नाम समावेश गरिएको स्रोतले जनाए ।

निर्वाचन आयोगले सोमवार समानुपातिक तर्फको प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार हरुको बन्द सूची दर्ता गर्ने समय निर्धारण गरेको छ ।बन्द सूची दर्ता गरिएपछि असोज १० गतेदेखि १६ गते सम्म उम्मेदवारहरुको नाम संशोधन गर्ने समय आयोगले छुट्टयाएको छ । मधेश प्रदेशमा प्रदेश सभाको प्रत्यक्ष ६४ स्थान र प्रतिनिधि सभाको प्रत्यक्ष ३२ स्थान रहेको छ । मधेश प्रदेशमा ४३ जना समानुपातिकबाट सभासद चुनिनेछन् ।प्रत्यक्ष तर्फबाट महिला निर्वाचित हुन नसके कुल १ सय ७ सभासद मध्ये ३५ जना समानुपातिकबाट महिलाको प्रतिनिधित्व गराउनुपर्ने छ । हुनत निर्वाचन आयोगले प्रत्यक्ष तर्फपनि ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दलहरुलाई भनेको छ । कानूनी प्रावधान अनुसार मात्र महिलालाई समावेश गराइए समानुपातिक तर्फबाट ८ जना पुरुष समानुपातिक तर्फबाट प्रदेश सभामा जान सक्नेछन् । कार्यकाल सकिएको मधेश प्रदेश सभामा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट महोत्तरी जिल्लाका रानी शर्मा र सुरिता साह निर्वाचित भएका थिए ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=AVYeiY8Xz58

 

 

Comment


Related News

Latest News

Trending News