अपडेट 
२०७९ आश्विन ३, सोमबार १७:४१

पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार तीन हजार ९२४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि भएको हो । जसमा दुई हजार ४८८ जनाको पीसीआर परीक्षणबाट ७५ र एक हजार ४३६ जनाको एन्टीजेन परीक्षणमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७४० जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News